Incendies

February 28, 2012 - 4:39 pm No Comments

हिँजो क्यानाडियन सिनेमा Incendies हेरेँ। Denis Villeneuve बाट निर्देशित यो सिनेमा मध्यपुर्व युद्दको कथामा आधारित छ । लेबनानी मुलकी क्यानाडियन महिलाको मृत्युसँगै सिनेमा अगाडी भढछ। ती महिलाले आफ्ना जुम्ल्याहा सन्तानहरुका निम्ति छाडेको अन्तिम इच्छ्यापत्रबाट शुरु हुन्छ । आमाको अन्तिम इच्छ्या हुन्छ, आफ्ना जुम्ल्याहा सन्तानले उनीहरुलाइ कहिल्यै थाहा नभएको दाजु र बाबुका बारेमा पत्ता लगाउन र एउटा पत्र हस्तान्तरण गरुन भन्ने हुन्छ। आफ्नी आमाका पाइला खोज्दै छोरि क्यानडाबाट मध्यपुर्व आउँछिन र कथाले गती लिन्छ। मरिसकेको भनिएका बाबु र थाहै नभएका भाइलाइ खोज्न लेबनान आउने क्रममा घटनाहरुमार्फत सिनेमाकी मुख्य पात्र आमाको जीवनका महत्वपुर्ण घटनाहरु देखिन्छन। यो सिनेमालाइ म राजनैतिक सिनेमा भन्छु। हाम्रोमा राजनैतिक सिनेमा भन्नासाथ भ्रष्ट नेता या दलहरु भन्ने आशय देखाइन्छ तर देशभित्रको र बाहिरको राजनितिले आम मान्छेको जीवनमा परेको प्रभावका बारेमा मिहिन ढङगले प्रस्तुत गरिएको सिनेमा मैले हेर्न पाएको छैन। Incendies मार्फत निर्देशकले मन छुने कथा पस्केका छन मध्यपुर्व द्वन्द र त्यसले उब्जायका कथाहरुको ।

मैले नोट गरेको एउटा कुरा के भने, इरानी सिनेमामा जस्तै यी मध्यपुर्वका अन्य देशका सिनेमाहरुको कथा भन्ने शैली हाम्रो भन्दा निकै फरक हुन्छ। हाम्रो कथाप्रस्तुतिंमा ‘मेलोड्रामा’ ले बढी स्थान पाउँछ, जहाँ नाम चलेका र एउटा ब्राण्ड Read the rest of this entry »

Share on Facebook

Mohandas…

February 21, 2012 - 8:37 pm 2 Comments

बितेका केही दिनहरु चिसा बिते । मानसिक रुपमा चिसा, कोल्ड ।

यी दिनहरुमा मैले नेपाली लेखक यज्ञशले अनुवाद गरेको हिन्दी लघुउपन्यास ‘मोहनदास’ पढेँ । त्यसबाहेक हरिभक्त कटवालले निकै बर्ष पहिले लेखेको सानो कथा संग्रह ‘स्पष्टिकरण’ पढेँ । पछिल्लो पुस्तकमा १०-१२ वटा छोटा कथाहरु थिय। हरिभक्तको लेखन शैली आफ्नै पाराको मौलिक थ्यो। उनको लेखनमा बनारस आदि र ३० को दशकतिरको नेपाल- भारतको सामाजिक चित्रण गर्ने शब्द, ठाउँका नाम र पात्रहरु थिए। बीपीको लेखनको झल्को आउने खालको लेखाइ थ्यो त्यो।

अहिले म उदयप्रकाशको ‘मोहनदास’ को बारेमा कुरा गर्दैछु । १०८ पेजको यो सानो लघु उपन्यास कति स्तरिय रहेछ भन्ने कुरा अंग्रेजी, नेपाली र युरोपेली भाषामा अनुवाद भएबाट पनी बुझ्न सकिएला । अमेरिका उडनु एकदिन अगि म कान्तिपथको एजुकेशनल हाउसमा पुगेर २ दर्जनजति पुस्तकहरु किनेको थियँ। त्यतिबेला किनेको यो पुस्तक धेरै दिनसम्म कम्प्युटर टेबलको तल थन्केर बसिरह्यो । बेलाबखत मतिर हेर्थ्यो। ठिकै छ कुनै दिन पढुँला नी भनेर खासै वास्ता गरिन। अन्य पुस्तकहरु पनी थिय।

मुराकामीको ‘नर्वेजियन उड’ सक्ने तर्खरमा हुनाले पनी मैले मोहनदासलाइ पढन भ्याइरहेको थिइन। पुस्तक पढने समय यसैपनि मसँग झन कम भैरहेको थ्यो । बिभिन्न ब्यस्तताहरुका बिच परस्परका सम्पर्कहरु टुटदै गैरहेको समय थ्यो। मोवाइल फोन बिहिन बसेको अवश्था थ्यो, छ । सुबिधाका कुराहरु कहिलेकाँहि टाउको दुखाइका बस्तु बन्दा रहेछन। जतिसुकै हल्ला गरेपनी कसैलाइ कसैले चिन्ने पर्याय भनेको उसले गरेको ‘काम’ बाट रहेछ । कहिेलेकाँही यी हल्लाहरुको अङग बनियो, कहिले यी हल्लाहरुले बिरक्त बनाए तर जुनसुकै अवश्थामा पनी पुस्तकहरु साथमा रहे । ‘मोहनदास’ मार्फत मैले उदयप्रकाशलाइ चिनेँ।

मोहनदासको नेपाली अनुवाद यज्ञशले निकै सुन्दरतापुर्वक गरेका छन। उनको अनुवाद केवल शाब्दिक हुँदो हो त, उदयप्रकाशका शब्दहरुले मलाइ कथाको त्यो गहिराइमा पुराएर हल्लाउन नसक्दा हुन तर हल्लाए । जनवरिको अन्तिम हप्ता थ्यो, मध्यरातमा सपना नराम्रो देखेपछि म झल्याँस्य ब्युँझियँ । पानी पियँ। कम्प्युटर अन गर्न पावर बटम लगभग थिँचिसकेको थियँ, मोहनदासमाथि आँखा पर्यो। बेडलाइट अन गरेर, मोहनदासका पाना पल्टायँ। शुरुका ३ पेज पढेपछि म रोकिइन। ३ घण्टामा पुस्तक सकिसकेको थ्यो।

मोहनदास पात्र जब आफ्नो परिचय खोसिएर, आफ्नो परिचयमा अरु कोही नै बाँचेको थाहा पाउँछ अनि आफुलाइ ‘बास्तविक मोहनदास म हुँ’ भने प्रमाणित गर्न सँघर्ष गर्छ। प्रहरी, अदालत धाउँछ तर…। आधुनिक भारत जति बिकसित हुँदैछ, त्यति नै सामान्य मान्छेहरु Read the rest of this entry »

Share on Facebook

A Separation…

February 2, 2012 - 6:38 pm No Comments

अब्बास किरोस्तामी, मजिदी मजिदिपछि अर्का इरानी निर्देशक अस्गर फरिदिको काम हेरेर म अचम्ममा परेको छु। इरानजस्तो देश जहाँ हामीले स्वतन्त्रता ठान्ने कैयौँ चिजहरु बन्देज छन। हाम्रोमा जस्तो आइटम डान्स बनाउने अवसर छैन, चोभारको डाँडो पनी छैन, सात-तलाबाट हाम्फालेर दर्शकलाइ रोमाञ्चित बनाउन कान्तिपुरको भवनपनी छैन तर त्यहाँका फिल्ममेकरहरु दर्शकहरुको मनलाइ टपक्कै छुने सिनेमा बनाइदिन्छन। उनीहरुका सिनेमामा न चर्को संगित, न गीत, न चर्को VFX न हेलिकोप्टर शट तर ती सिनेमाहरु हाम्रो मन-मस्तिष्कमा सजिलै पुग्छन, छुन्छन। धुरुक्क रुवाउँछन, हँसाउँछन। सायद इरानी सिनेमा निर्देशकहरुले के बुझेका छन भने, सिनेमाले मान्छेको संवेदनालाइ छुन सक्नुपर्छ।

मैले केही दिनअगि
अस्गर फरिदिको ‘A Separation’ फिल्म हेरेँ। कथा सामान्य छ। फिल्मको पहिलो शटमा लोग्ने-स्वास्नी न्यायाधिसको अगाडीको बसेका छन कुर्सिमा। क्यामेराले न्यायाधिसको ठाउँ लिएको छ। उनीहरु त्यहाँ सम्बन्ध-बिच्छेद गर्न आएका हुन। उनीहरुकी एउटै छोरिको भबिष्य इरानमा बसेमा राम्रो नहुने देखेकी आमाले छोरिलाइ लिएर देश छाडन चाहन्छिन। लोग्ने इरानमै बस्न चाहन्छ। अल्जाइमर रोगले थलिएको बृद्द बाबुलाइ छाडेर उ इरान छाडन चाहन्न। श्रीमतीचाँही सम्बन्ध-बिच्छेद गरेर भएपनी छोरिको भविष्यका निम्ति देश छाडेर बाहिरिन चाहन्छे।

उनीहरुले सम्बन्धबिच्छेद गर्नुपर्नाको कारणबाट न्यायाधिस सन्तुष्ट नभएपछि उनीहरु घर फर्कन्छन तर श्रीमतीको इरान छाडने प्रयत्न सकिएको छैन। सम्बन्धबिच्छेद हुन नसकेपछि आमाले छोरिलाइ लिएर माइतमा बस्ने प्रयाश स्वरुप छोरिलाइ लिएर जान खोज्छिन तर छोरिले बाबुलाइ छाडेर आमासँग जान मान्दिन। श्रीमति एक्लै माइतमा आमासँग बस्न थालेपछि बृद्द र रोगी बाबुको हेरचाहको निम्ति लोग्नेले एउटी महिलालाइ काम गर्न घरमा राख्छ। त्यो महिला सानी छोरिलाइ लिएर घरको काम गर्न आउँछिन। घरको काममात्र होला भनेको त रोगी मान्छेको मलमुत्रसमेतको ब्यवस्था गर्नुपर्ने भएपछि काम छाडने मनस्थितिमा पुग्छिन। बिचमा घटनाहरु हुन्छन। घरमा काम गर्न आएकी महिलालाइ घरबाट निकाल्ने क्रममा उनको गर्भमा रहेको बच्चाको मृत्यु भएपछि घटनाले हत्या र कानुनी केसको Read the rest of this entry »

Share on Facebook

केही आशा, केही आफ्नै कुरा…

January 26, 2012 - 5:15 pm 3 Comments

निर्जन र मरुभुमि बनेको नेपाली सिनेमा बजारमा निश्चल बस्नेतको ‘लुट’ सानोतिनो आँधी नै बनेर आयो, तिर्खा मेटाउन प्रशस्त पानीसहित। प्रोमो हेरेर मान्छेहरुले लुटमा केही नयाँपन छ, केही फरक छ भन्ने सोँचेका थिए तर लुटले यतिसारो ब्यवसायिक सफलता नै पाउला भन्ने अनुमान थिएन। लुटको प्रोमो हेरेपछि मलाइ अरु सिनेमाहरुभन्दा आशा लागेको थ्यो तर आइटम डान्स भएको सिनेमाले यति धेरै दर्शकहरुको मन जित्लाझैँ लागेको थिएन। लुटले लुटयो। प्राय: नेपाली सिनेमामा सृजनशीलता त पटक्कै हुन्न, हाम्रा सिनेमाले गर्ने ब्यापार समेत पान बेच्ने टंकीको आकारमा झरिसकेको थ्यो। लगानी गर्ने बेलामा हार्डवेयर पसल बराबरको गर्नुपर्ने, प्रतिफल आउने बेलामा पान टंकीको जस्तो आउँदा यो क्षेत्र ओइलाएको थ्यो। पुराना पाका निर्माताहरु झोंक्राएर ‘पर्ख र हेर’ को नीतिमा थिए तरपनी संख्यात्मकरुपमा सिनेमा बन्ने क्रम घटेको थिएन। हरेकहप्ता २-३ नेपाली सिनेमा रिलिज भैरहेको स्थिति हो। अधिकांश सिनेमाहरु मनोरञ्जनभन्दा पनी सजायका रुपमा दर्शकका सामु प्रस्तुत भैरहेको स्थिति हो।

नेपालबाट भाइलाइ भनेर मैले ७-८ वटा नेपाली सिनेमाका डिभिडी मगाएको थियँ। क्रिसमस र नयाँ बर्षको छुट्टिमा हेरेँ। ती मध्ये कहाँ भेटिएला, कस्लाइ दिउँ यो जोबन, न बिर्सेँ तिमीलाइ न पाएँ तिमीलाइ, छाडिगए पाप लाग्ला आदी थिए। यी सिनेमा छान्नुका आफ्नै कारण थिए।

बर्षको राम्रो ब्यापार गरेको सिनेमा भनेर ‘कहाँ भेटिएला’ छानेको थियँ। युवा निर्देशकको (सुरेश दर्पण पोखरेल- अहिले ‘मिस यु’ लिएर आउँदैछन) भनेर कस्लाइ दिउँ यो जोबन, लास्टै झुर फिलिमपनी हेर्नुपर्छ भनेर ‘न बिर्सेँ तिमीलाइ न पाएँ तिमीलाइ’ अनी ‘जिन्दगानी’ जस्तो राम्रो सिनेमा बनाएका निर्देशक उज्वल घिमिरेको भनेर ‘छाडिगए पाप लाग्ला’ छानेर हेरेको थियँ। सबैभन्दा भित्तामै पुरायो ‘छाडिगए पाप लाग्ला’ ले। यी सिनेमा हेरेपछि मलाइ यी सिनेमा नराम्रा हुन भन्नु भन्दापनी म राम्रो दर्शक होइन रहेछु भन्ने लाग्यो। बाँकी सिनेमाहरुपनी कुनैपनी दृष्टिकोणबाट उल्लेख गर्न लाएक थिएनन। छुट्टी थ्यो, आफ्नै सिनेमा हेरौ भनेर हेरियो, ब्याकग्राउण्डमा नेपाली संगित बज्दा रमाइयो। कथाको कुरा नगरौँ। कथा आफैमा उपचार नपाएका बिरामीसरह थिए। क्रिशमशको भोलिपल्ट पुजा र म सान फ्रान्सिस्कोबाट लस एञ्जेलसको लामो ड्राइभमा गयौँ। LA मा भेटने साथि नरेशको निम्ति मैले यिनैमध्येबाट दुइवटा सिनेमा राख्देको थिएँ उपहारका रुपमा। सिनेमा Read the rest of this entry »

Share on Facebook

कस्तो राम्रो म्युजिक भिडियो….

January 13, 2012 - 10:57 pm No Comments

नारायणगोपालका कालजयी गितहरुमध्ये यो गीत मेरो पनी प्रिय हो। यताउता गर्ने क्रममा नेटमा भेटाएको यो भिडियो गजब राम्रो लाग्यो । झरना यसै राम्री, आलोकको निर्देशन अनी नारायणगोपालको गीत, राम्रो म्युजिक भिडियो बन्नलाइ पर्याप्त । हेर्नुभएको छैन भने हेर्नुस यो भिडियो ।

Read the rest of this entry »

Share on Facebook

शहरमा स्याल आतंक छ…

December 18, 2011 - 7:02 pm 3 Comments


दुइथरी स्यालको भीडन्तमा एउटा स्याल मारिएको छ
मारिएको स्याललाइ शहिद घोषणा गर्नुपर्ने मागमा
केही स्यालहरु सडक र मानवबस्तिमा पसेका छन

तोडफोड र ध्वँसको मुद्रामा आक्रोशित स्यालहरु
मोटरहरु फुटाइरहेछन
टायरहरु जलाइरहेछन
मजदुर र बटुवाहरु कुटेर स्यालहरु
मृत्युको बदला लिइरहेछन
पर- स्वतन्त्रताको बयान गर्ने
स्वघोषित लोकतन्त्रवादी स्यालहरु
मानिसहरुलाइ घरभित्र बन्दी बनाउने
धम्की दिइरहेछन ।
गिद्दहरु गंभिर छन !
आफ्नो रोग स्यालहरुमा सर्दै गएको देखेर
गिद्दहरु जुँगामा ताउ लाउँदै मग्न छन।
स्यालजस्तो देखिने तेस्रो लिङगिको समुह
खेद र दुखको बिज्ञप्ति बाँडने ब्यग्रतामा
बिज्ञ पत्रकारहरु पर्खेर बसेको छ।
शहरमा अहिले स्यालको राज्य छ
गिद्दहरु सत्तामा भएपनी निरिह देखिएका छन
मह बाँडेर स्याललाइ फकाउने ध्याउन्नमा गिद्दहरुको
केन्द्रिय मिटिङ बोलाइएको छ।
मधेशतिरका अनुभवी ब्वाँसाहरु
स्याल, गिद्द र तेस्रो लिङगि भिडन्तको आगोमा
छेउमा बसी ब‍नस्पति घीउ हालिरहेछन Read the rest of this entry »

Share on Facebook

लुटले लुटने नै हो की ?

December 13, 2011 - 3:28 pm 3 Comments

नेपाली सिनेमा बृत्तमा अहिले निश्चल बस्नेत निर्देशित ‘लुट’को चर्चा छ। अनलाइन, फेसबुक, यु टिउब लगायत दैनिक खबरपत्रिकाहरुमा लुटका बारेमा चर्चा-परिचर्चा भैरहेको अवश्था हो। यसरी सिनेमाहरुले हाम्रो दैनिक जीवनका बहसहरुमा ठाउँ पाउनु निकै खुसीको कुरा मान्छु म। केहि समय अगिसम्म कुन नेपाली सिनेमा रिलिज हुँदैछ भन्ने थाहा हुन्नथ्यो अहिले रिलिज हुनुअघि सिनेमाका बारेमा टन्नै चर्चा, बहस र छलफल हुने गरेको छ। यसअघि दिपक रौनियारको ‘हाइवे’ ले राम्रो चर्चा बटुलेको थ्यो। हाइवे र लुट आफैमा फरक बिषयमा बनेका सिनेमाहरु हुन तर दुबैको समानता के हो भने, दुबै सिनेमाका निर्देशक पछिल्लो पुस्ताका युवाहरु हुन। युवाहरु हुँदैमा सिनेमा राम्रा र बुढाहरुले बनाउँदैमा नराम्रा हुने हैनन, नत्र तुलसी घिमिरेले बनाएका सिनेमा तोरिलाहुरे हुनुपर्ने ? तर स्थिति त्यस्तो छैन। घिमिरेले बनाएका सिनेमाहरु ब्यवसायिक रुपमा सफल या असफल जे होउन, म त्यहाँ कला देख्छु। उनका सिनेमामा लय हुन्छ। सिनेमाको भाषा बुझेका सिनेमा-मेकर लाग्छन मलाइ उनी। दिपक या निश्चलका सिनेमाहरुमा देखिनेगरी प्राविधिक उच्चता देखिएको छ। उनीहरुले आफ्ना कथा भन्न प्रबिधिको कुशल प्रयोग गरेको देखिन्छ, उनीहरुका प्रोमो, ट्रेलर र टिजरहरु हेर्दा।

कुनै बर्षको किम्फमा दिपकको छोटो फिल्म ‘पुजा’ हेरेपछि नै उनको कामको प्रशंसक भएको थियँ। त्यसैले उनको ‘हाइवे’ बाट राखिएका आशाहरु त्यही उचाइका छन। मलाइमात्र हैन, हाइवेबाट थुप्रैले हाम्रो सिनेमाको धार बदलिने आशा गरेका छन। निश्चलको पनी पहिलो फिल्मको प्रोमो हेर्दा आशा राख्ने ठाउँ पक्कै देखिन्छ तर उनले जसै youtube मा लुटको आइटम डान्स रिलिज गरे, मेरो आशाले हावा खायो। यो मेरो ब्यक्तिगत धारणा हो, मेरो बिचारले लुटसँग सम्बन्धितहरु दुखी हुनुपर्ने कारण पटक्कै छैन। दर्शकका रुपमा मलाइ आइटम डान्सहरु वाहियात लाग्छन। मेरो बिचारमा यस्ता डान्सहरुले कथालाइ अगाडी बढाउनुपर्नेमा दर्शकहरुलाइ कथाको लयबाट बहिर्गमन गराउँछन। कथा नै डान्सरको छ भने त बेग्लै भो। यसैले लुटको आइटम डान्सले मलाइ लुटन सकेन तर म अनुमान गर्नसक्छु- आइटम डान्स मन पराउनेहरु भएरै होला निश्चलले सुष्मा कार्कीलाइ नचाएको। तर मेरा लागी आइटम डान्सले गर्दा ‘लुट’को हाइट स्वात्तै घटाएको छ। Read the rest of this entry »

Share on Facebook

हाय रे नेपाली सिनेमा….

November 26, 2011 - 7:39 pm 2 Comments

अहिलेजसरी गंभीर रुपमा नेपाली सिनेमाको बारेमा बहस कहिल्यै भएको थिएन। भलै ती बहसहरुमा नेपाली सिनेमाहरुप्रति पोखिने तिक्तता बढी हुन्छ। जसरी हामी स्टोरबाट स्याम्पु, साबुन, चिनी या तेल किनेर ल्याउँछौ र बिज्ञापन गरे अनुसारको सामान रहेनछ भने गुनासो गर्छौँ, अर्कोपल्टबाट त्यो ब्राण्डको सामान किन्दैनौ, त्यस्तै सिनेमापनी एउटा उत्पादन हो। अवश्यपनी सिनेमाको प्रभाव बिशुद्द ब्यापारिक या सस्तो मनोरञ्जनमा मात्र सिमित छैन। सिनेमाले कथामार्फत तत्कालिन समाजको चित्रण गर्छ या गर्नुपर्ने हो। समस्या के हो भने, हाम्रा अधिकांश सिनेमाले हाम्रो समाजको कुनै तहको पनी प्रतिनिधित्व गर्दैनन। हाम्रा सिनेमामा हामी बाँचेको समाजको कथै छैन।

नेपाली सिनेमा नहेर्ने बर्गको गुनासो पनी यही हो- हाम्रा सिनेमाले हाम्रा कथा भन्दैनन। यी शब्दहरु दैनिक अखबारहरुमा लेखीने-पढिने कुराहरु हुन। निर्देशक मनोज पण्डितले मेरोसिनेमा डटकममा (www.merocinema.com) लेख्ने नेपाली सिनेमाहरुको समिक्षाको म नियमित पाठक हुँ। उनी ती समिक्षाहरुमा शब्दहरुमार्फत आक्रोश पोख्छन। नेपाली सिनेमाहरुप्रतिको असन्तुष्टी त्यहाँ छ। मनोजसँग भेट हुँदा हामी नेपाली सिनेमा र बिश्व सिनेमाका बारेमा कुरा गर्थ्यौँ। उनी फरक खालका नेपाली सिनेमा बनुन भन्ने चाहन्छन र आफैपनी फरक खालका सिनेमाहरु बनाइरहेका छन। पछिल्लोपल्ट भेटदा उनी आगामी सिनेमा ‘बधशाला’ को पटकथा र अनुसन्धानमा ब्यस्त थिए। उनको दोस्रो फिचर फिल्म ‘दासढुङगा’ ले ब्यापक चर्चा बटुल्यो। ब्यापारिक रुपमा निर्मातालाइ कत्तिको फाइदा पुरायो, मलाइ थाहा छैन तर अपवाद नै मान्नुपर्ला, मलाइ दासढुङगाले प्रभावित पारेन। सायद म सिनेमा हलमा प्रवेश गर्नुपुर्व मनोज पण्डितबाट बढी नै आशा राखेको हुँदो हुँ। सिनेमालाइ अनावश्यकरुपमा लम्बाइयो भन्ने दर्शकका रुपमा मेरो गुनासो हो। मैले उनको ‘ग्रेटर नेपाल’ हेरेको छु। यी सिनेमाहरु हेरेको आधारमा म के भन्न सक्छु भने, उनी घटनाको तहसम्म पुग्नसक्ने संवेदनशील निर्देशक हुन।

सिनेमा बनाउनु या सृजना गर्नु, कमेन्ट गर्नभन्दा गारो छ म मान्छु तर मैले सिनेमा बनाएँ भने, घरमा बसेर आफुले मात्र हेर्न त बनाउने हैन। दर्शकहरुका निम्ति बनाउने हो। जसरी एउटा लेखकका निम्ति उसको पुस्तक जति बढी पाठकबाट पढिन्छ त्यति गर्वको कुरा हो Read the rest of this entry »

Share on Facebook

ओशोसँग प्रश्नहरु…..

November 23, 2011 - 11:40 pm 5 Comments

स्वामी आनन्द अरुणको पुस्तक किन्दा त्योसँगै अडियो सिडी आएको रहेछ। पुस्तकहरुको चाङमा कतै च्याँपिएको थ्यो। एकसाँझ भेटाएँ। iTunes मा इम्पोर्ट गरेर iPod मा सारेँ। त्यो आइपड बिशेष थ्यो। प्रेमिकाले पठाएको आइपड। फेडेक्सको सानो प्याकमा Five ‘C’s of cinematography र Your screenplay sucks भन्ने पुस्तकको बिचमा केही हप्ताअगि भित्रिएको थ्यो। सुत्नुअगि अवश्यपनी ती पुस्तकहरु पढेको छु। चरम ब्यस्तता भन्नुपर्छ। त्यो अवश्थाबाट गुज्रिरहेको स्थितिपनि हो। अहिले चरम ब्यस्त भइन भने सधैभरि फुर्सदिलो हुने डर छ। कहिलेकाँहि तत्कालका निम्ति अप्रिय लाग्ने निर्णयहरु पनी गर्नुपर्ने हुन्छ। तर ती निर्णयहरु अमलाजस्ता हुन, जुन खाँदा टर्रो भएपनी औषधिको काम गर्छन जीवनमा।

ट्रेडमिलमा केहिबेर दौडेको थियँ, ठिहिराउने जाडोमा पसिना तप्तप चुहे। ओशोको पुस्तक ‘सम्भोग से समाधीकी ओर’ पढेको थियँ केही पहिला तर सायद त्यो शिर्षकमा रहेको शब्दबिशेषको आकर्षण हुँदो हो, खासै गहिराइमा पुगिएन। अवश्यपनी ओशोको पुस्तकको शिर्षक जे सुकै होस, त्यो रत्नपार्कमा पाइने ‘शहरकी रानी’ या ‘खतरनाक रात’ जस्तो सस्तो साहित्य थिएन। त्यसको आफ्नै स्तर थ्यो, मैले बुझ्न सकिनहोला। ओशोका प्रवचन सुनेर उनका बारेमा मेरो मनमा प्रश्न उठन थालेका छन। एउटा सानो घटना सुनाउँछु-

एकदशक अगाडी ११ कक्षामा पढदा मिल्ने साथीका मामा ओशोका भक्त थिए। साथि मामाकोमा बसेर पढ्थ्यो। उसको नयाँ स्प्लेण्डर मोटरसाइकल थ्यो। म पछाडी बस्थेँ। हामी अंग्रेजीमा बेस्ट फ्रेण्ड भनिनेखालका थ्यौँ। उसको मामाको घरको भुँइतलामा एउटा कोठामा बिहान-बिहानै ध्यान गर्ने भनेर मामाले चर्को स्वरमा संगित बजाउँथे र नाँच्थे। पछिपछि त मामाका छोरासमेत नाँच्नथाले। मलाइ त्यो कुन काण्ड हो थाहा थिएन। कलाकार होलान भन्नलाइ टेलिभिजन या कतै देखिएको थिएन। साथिलाइ सोधेको-मामा त ओशोका खतरा भक्त हुन, कहिलेकाँही सामान लिन काठमाडौ गाकोबेला थाइल्याण्ड पुगेर आउँछन भन्यो। थाइल्याण्ड पुग्नुको Read the rest of this entry »

Share on Facebook

Bimal Roy: a man to remember…

November 10, 2011 - 10:22 pm 1 Comment

निर्देशक बिमल रोयको ठुलो फोटो भित्तामा झूण्डियको देखेको थियँ। उनी सत्यजित रे, अल्फ्रेड हिच्कक र डि. डब्ल्यु ग्रिफिथ का छेउमा भित्तामा झुण्डिरहेका हुन्थे। कक्षापछि म चिया, कफी या चिसो पिउन क्याण्टिनमा झर्दा मैले उनलाइ देख्थेँ। कतै क्षितिजतिर हेरिरहेको, आफैभित्र हराइरहेको एउटा मान्छे । कुनै क्याप्सन लेखिएको थ्यो उनको तस्विर मुन्तिर। मेरानिम्ति बिमल रोयले खासै माने राखेनन, मैले दैनिक उनलाइ देखेपनी वास्ता गरिन। होलान कुनै गीत र मारमुङरि राखेर सिनेमा बनाएका दिवंगत सिनेमामेकर भन्नेमा म थियँ। यो मुम्बइ हुँदाताकाको कुरा थ्यो। सिनेमा कलेजमा हुँदा बिश्वका प्रख्यात सिनेमामेकरहरुका बारेमा पढिन्छ, उनीहरुको काम गर्ने तरिका, रुचि, ब्याकग्राउण्ड र उनीहरुले सिनेमाका निम्ति रोज्ने बिषयबस्तुका बारेमा अध्ययन गरिन्छ। लाइब्रेरिमा बसेर पुस्तक पढदा या सिनेमा हेर्दा बिमल रोय मेरो लिस्टमा परेनन।

हिँजो मैले बिमल रोयले १९५३ मा निर्देशन गरेको ‘दो बिघा जमिन’ हेरेँ। ब्लाक एण्ड व्वाइट, धमिलो र ठाउँठाउँमा अस्पष्ट चित्रहरुबिच पनी मैले सिनेमाको पहिलो २० मिनट हेरिसकेपछि बिचमा छाडन सकिन। बिहान सबेरै उठनु थ्यो र समय मध्यरातमाथि लागिसकेको थ्यो। सामान्य कथापनी कसरी असामान्य सिनेमा बन्न सक्दोरहेछ भन्ने मलाइ यो सिनेमा हेरिसकेपछि लाग्यो। कथा के छ र ? बंगालको कुनै सुदुर गाउँ जहाँ जमिन्दारले आफ्नो जग्गामा कुनै होटल बनाउन चाहन्छ तर जग्गाको बिचमा दुइ बिघा जमिन गरिब किसान शंभु महेतोको छ। जमिन्दारलाइ आफ्नो निर्माण कामका Read the rest of this entry »

Share on Facebook
Copyright © 2010 Sateliteblog.com
Designed By: Nirmal Gyanwali
This site has been visited Free Counters times.